काठमाडौं । मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ ।
मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा :
१.धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।
२.धेरै तातो र धेरै चिसो नखाने ।
३.मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।
४.हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।
५.मुखमा खानेकुरा राखेर नसुत्ने ।
६.बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।
७.बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।
८.रेसा भएको र पोसिलो खानेकुरा खाने ।
९.पानी प्रशस्त पिउने ।
१०.वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।
११.नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।
१२.फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।
१३.हरेक ५ महिनामा दाँत जँचाउने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







