• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

 ६ किलो ५६५ ग्राम सुनजस्तो देखिने अर्धठोस वस्तु बरामद, ३ जना पक्राउ  

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन टनेल प्रवेश गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने अर्धठोस वस्तु करिब ६ किलो ५ सय ६५ ग्राम गएराति बरामद  गरिएकाे छ । 
  
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका ईजिप्टियन नागरिक ३२ वर्षीय शेरिफ मोहम्मद लसिन(SHERIF MOHAMED LASHIN)लाई जाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटको भित्रपट्टी फल्स बटम बनाई टेपले बेरेर ल्याएको अवस्थामा उक्त वस्तु बरामद गरी उनलाई पक्राउ गरिएको हो ।  

साथै थप अनुसन्धान गर्ने क्रममा उनीसँगै आएका सुडानी नागरिकहरू ३० वर्षीय मोहम्मद ओमर उसमान ताइबेलास्मा(MOHAMED OMER USMAN TAIABELASMA) र २८ वर्षीय ओस्मान अलबेद मोहम्मद इब्राहिम( OSMAN ALABED MOHAMAD IBRAHIM) समेतको संलग्नता देखिन आएपछि उनीहरुलाई समेत पक्राउ गरिएको छ । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद वस्तुसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै