• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

   नागरिकताका लागि प्रभाकारी बन्यो गाउँमै कागजात सङ्कलन अभियान

 
सिरहा । रोगका कारण थलिएको शरीर र अनुहार चाउरी परेपछि बल्ल नागरिकता पाउँदा धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासकी ७० वर्र्षीय आसमान राईको अनुहारमा खुसीका लहर छाएको छ । नागरिकताको प्रमाणपत्र ज्येष्ठ नागरिकको हैसियतमा अब प्राप्त हुने सामाजिक सुरक्षा भत्ताका कारण उनी खुशी भएइन् ।

अठसठ्ठी वर्षको उमेरमा प्राप्त हुने उक्त भत्ता पाउन आशामायालाई पहिल्यै नागरिकता बनाउने रहर नलागेको पनि होइन तर दुर्गम गाउँदेखि पटक–पटक सरकारी निकाए धाएर नागरिकता बनाउन उनलाई त्यति सहज पनि थिएन । अहिले भने धनगढीमाई नगरपालिका—१४ को वडा कार्यालयमै युएनडिपीको संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना—२ अन्तर्गत लहानस्थित समग्र जन–उत्थान केन्द्र र धनगढीमाई नगरपालिकाको संयुक्त आयोजनमा गत हप्ता  आवश्यक कागजात गाउँमै पुगेर सङ्कलन गरिएपछि भने आशामायाको नागरिकता बनाउने सपना पूरा भएको हो । 

“सजिलै हिँडडुल गर्न पनि सक्दिन । दमको बिरामी छु । दैनिक औषधि सेवन गर्नुपर्छ । नागरिकता नपाइ मर्छु कि भन्ने लागेको थियो” गाउँमै नागरिकता पाएपछि आशामायाले भनिन्,“मेरो सम्पत्ति भन्नु अब यही (नागरिकता) हो । गरिब थिएँ, दुःखी थिएँ, अब धनी भएँ । अत्यन्त खुसी लागेको छ । अब अलिलामो समय बाँच्छु की जस्तो आशा जागेको छ ।” नागरिकता प्रात्तिपछि सामाजिक सुरक्षा भत्ताबापतको रकम अब कहिले पाउँछु भन्नेमा उनको चासो थियो ।  

अब आशामायाको सामाजिक सुरक्षा भत्ताको लागि बाटो खुलेको वडासचिव रामउद्गार यादवले बताइन् । त्यसका लागि नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बनाइ अन्य आवश्यक कागजात वडामा यही मङ्सिर महिनाभित्रमै पेस गरेमा पुस महिनादेखि उक्त भत्ताबापतको रकम निजलाई प्रदान गर्न सकिने उनले जानकारी दिए। 

सजिलै हिँडडुल गर्न तथा स्पष्ट बोल्नसमेत नसक्ने अवस्थामा गाउँमै नागरिकता पाएका सोही वडाका अपाङगता भएका व्यक्ति अम्मरबहादुर मगरले पनि शारीरिक हाउभाउबाट खुुुसी व्यक्त गरे । करिब तीन घण्टा अपाङ्गता भएका दाइलाई बोकेर वडासम्म ल्याइएको भाइ पूर्णबहादुर मगरले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै