रोम । रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन् ।
इटालीको फायर ब्रिगेडलाई उद्धृत गर्दै बताइए अनुसार राति करिब १० ३० बजे शवगृह, क्लिनिक र भान्सा नजिक एक्कासि आगोले समातेको र तुरुन्तै माथिल्लो तलाको आपतकालीन कोठासम्म फैलिएको थियो ।
मृतक चार जनामध्ये दुई जनाको धुवाँले निसास्सिएर मृत्यु भएको बताइएको छ भने एकजनाको हृदयघातका कारण मृत्यु भएको छ भने अर्का एक जनाको जलेर मृत्यु भएको छ ।
शवगृहमा रहेका अन्य शव पनि जलेको पाइएको छ । उद्धार गरिएका मध्ये सात बालबालिका र धेरैजसो बच्चाहरू रहेका छन् । अस्पतालका प्रवक्ताले बताए अनुसार उद्धार गरिएका मध्ये १३४ जनालाई नजिकैका अस्पतालहरूमा लगिएको छ ।
आकस्मिक कोठामा उपचारका लागि पर्खिरहेका प्रत्यक्षदर्शीहरूका अनुसार एक्कासि बिजुली गएको र आगो सनसनी रूपमा फैलिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







