• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुन प्रकाशितः अब नियमित प्रकाशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुनः प्रकाशित भएको छ । विसं २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द रहे पनि अहिले आएर पुनः प्रकाशित हुन लागेको हो ।

पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले विसं २०५४ देखि बन्द रहेको नेपाल पुकारलाई त्रैमासिक रुपमा प्रकाशन गर्नेगरी पुनः प्रकाशनमा ल्याइएको जानकारी दिए ।

विसं २००४ देखि मासिक, पाक्षिक र साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको उक्त पत्रिका विसं २०५४ देखि भने पूर्ण रुपमा बन्द रहेको थियो । कांग्रेसले त्रैमासिक रुपमा प्रकाशन गर्न लागेको पहिलो अङ्कमा ‘बीपी साहित्य महोत्सव’ का गतिविधिलाई समेटेर विशेषाङ्क प्रकाशन गरेको छ ।

१३२ पृष्ठको रहेको उक्त विशेषाङ्कको मङ्सिर २४ गते आइतबार पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकार्पण गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । आगामी दिनमा उक्त पत्रिकालाई विचार प्रदान पत्रिकाका रुपमा प्रकाशन गरिने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै