मुकाम डेस्क । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयले जानकारी दिएको छ ।
बिहीबार राति ११ः४० बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको भन्सार कार्यालयले जानकारी दिएको छ ।
भन्सार प्रमुख डा. टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति विशेष सुराकीको आधारमा उक्त परिमाणको विस्कुट आकारको सुन बराम भएको बताइएको छ ।
चन्द्र घलेको साथबाट बरामद भएको सात थान बिस्कुट आकारको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई बिहीबार राति नै नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेको घलेद्वयलाई प्रहरी हिरासतमा राखिएको र भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







