काठमाडौं । इण्डियन च्याम्वर अफ कमर्शले आयोजना गरेको चौथों आइ सी सी इमर्जिङ एशिया कन्क्लेभमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी सम्मानित गरिएको छ ।
भारतको मुम्वई स्थित ताज ल्याण्ड्स इण्ड होटलमा यही मंसिर ७ गते सम्पन्न भएको एक भव्य समारोहमा विमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीहरुलाई सम्मानित गर्ने क्रममा नेपालकै अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी “ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड” बाट सम्मानित भएको हो ।
विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीहरुको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।
कम्पनीका सहायक महा प्रवन्धक श्री प्रज्वल सायमीज्यूले उक्त सम्मान ग्रहण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम






