काठमाडौँ । ताप्लेजुङमा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका जिल्ला सहसंयोजक विवेक बानियामाथि खुकुरी प्रहार भएको छ ।
सोमबार बिहान सवा १० बजे फुङलिङ नगरपालिका ४ पाथीभरा होटल नजिकै विवेक बानियामाथि खुकुरी प्रहार भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी ऋषिराम कंडेलले जानकारी दिए ।
बानियामाथि सोही होटल नजिक बस्ने ३२ वर्षीय प्रेमराज लिम्बूले खुकुरी प्रहार गरेको एसपी कंडेलले बताए ।
उनका अनुसार लिम्बु र बानियाबीच पुरानो लेनदेनको विषयमा झगडा भएको थियो । त्यसैबीच लिम्बूले खुकुरी प्रहार गरी बानियालाई घाइते बनाएका हुन् ।
बानियाको दाहिने घुँडामा चोट लागेको छ। उनको उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा लगिएको छ। प्रहरीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन्।
प्रेमराज लिम्बू घटनापछि फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले यसमा संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन् ।
उनले सोमबार सामाजिक सञ्जालमा लेख्दै उपचारको व्यवस्था मिलाउन पनि माग गरेका हुन् ।
‘आज बिहान ताप्लेजुङ बजारमा अनेरास्ववियुका जिल्ला सह संयोजक कमरेड विवेक बानियामाथि भएको सांघातिक आक्रमणको घोर निन्दा गर्दछु । अपराधीलाई तत्काल कारबाही गर्न र घाइते बानियाको उपचारको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





