काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स ‘चौथौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३’बाट सम्मानित भएको छ ।
२२ नोभेम्बर २०२३ मा इन्डियन चेम्बर अफ कमर्सले भारतको मुम्बईमा आयोजना गरेको कार्यक्रममा सूर्यज्योतिले ‘बेस्ट वुमन इन लिडरशीप’, ‘बेस्ट स्ट्राटेजी फर इन्स्योरेन्स स्प्रेडिङ्ग’, ‘बेस्ट इनोभेसन एण्ड डाईभर्सिफिकेसन’ र ‘बेस्ट लाइफ इन्स्योरेन्स’ गरी ४ वटा विधामा अवार्ड प्राप्त गरेको हो ।
उक्त कार्यक्रममा भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाइल्याण्ड लगायत अन्य देशका इन्स्योरेन्स कम्पनीहरूबाट उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पी डब्लू सी, इन्डियन इन्सिटिच्यूट अफ इन्स्योरेन्स, अन्तराष्ट्रिय बीमा विज्ञहरू लगायत थुप्रै प्रतिस्ठित संस्थाहरूबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचाङ्कहरूमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो ।
प्राप्त चार अवार्ड

उक्त कार्यक्रममा चार वटै विधाको अवार्ड सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले ग्रहण गरेका थिए ।
मर्जरको छोटो अवधिमै हरेक सूचांकहरूमा कम्पनीले उत्कृष्टता हासिल गर्दै आइरहेको छ ।
अन्तर्राष्ट्रिय स्तरको अवार्ड हासिल गर्नका लागि अहोरात्र खटिने सम्पूर्ण कर्मचारी र अभिकर्ताहरूको प्रमुख भूमिका रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा प्राधिकरणको मार्गनिर्देशन र कम्पनीको सञ्चालक समितिको हौसला तथा विश्वासका लागि कृतज्ञता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम






