भक्तपुर । नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा भक्तपुरका अधिवक्ता रविन्द्र प्रधानले महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । नेपाल ल क्याम्पसमा २०४३ सालमा इकाइ कमिटी सदस्यबाट विद्यार्थी राजनीति सुरु गरेका प्रधान लामो समयदेखि नेपाली कांग्रेस तथा कानुन व्यवसायीको क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
डिएलए नेपालको भदौ १९ र २० गते बुटवलमा हुने राष्ट्रिय महाधिवेशनका लागि उनलाई भक्तपुरबाट महासचिव पदको सर्वसम्मत उम्मेदवारका रूपमा चयन गरिएको छ । प्रधानले भक्तपुर नगरपालिकाको नगर सभापतिको जिम्मेवारी दुई कार्यकाल सम्हालिसकेका छन् ।
२०६२/६३ को जनआन्दोलनका क्रममा उनी भक्तपुर नगर स्टेरिङ कमिटीका संयोजकसमेत थिए । त्यस्तै, भक्तपुर जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षका रूपमा दुई कार्यकाल नेतृत्व गरिसकेका प्रधान हाल नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका प्रवक्ताका रूपमा सक्रिय छन् ।
कानुन व्यवसायसँगै संगठन र राजनीतिक क्षेत्रमा लामो अनुभव हासिल गरेका प्रधानले डिएलए नेपालको केन्द्रीय नेतृत्वमा रहेर कानून व्यवसायीका पेशागत हकहित, न्यायपालिकाको स्वतन्त्रता तथा विधिको शासनका पक्षमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् ।
“लामो समयदेखि कानुन व्यवसाय र लोकतान्त्रिक आन्दोलनसँग जोडिएर काम गर्दै आएको छु । संगठनलाई थप सुदृढ, गतिशील र कानून व्यवसायीको पेशागत हितका विषयमा प्रभावकारी बनाउन महासचिवको जिम्मेवारी सम्हाल्न तयार छु,” प्रधानले बताए ।
डेमोक्रेटिक लयर्स एसोसिएसन नेपाल लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा कानून व्यवसायीको पेशागत हकहितका विषयमा सक्रिय रहँदै आएको संगठन हो ।
बुटवलमा भदौ १९ र २० गते आयोजना हुने राष्ट्रिय महाधिवेशनले डिएलए नेपालको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशासमेत तय गर्नेछ । प्रधानको उम्मेदवारीसँगै डिएलए नेपालको महासचिव पदको नेतृत्व चयनलाई विशेष चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल
- राप्रपाको केन्द्र र प्रदेश समितिबीच द्वन्द, बागमती सरकार नबन्दै धरापमा
- सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
- रास्वपाका मन्त्री र सांसदलाई संयमित हुन सभापति लामिछानेको निर्देशन
- कर्णालीमा नेकपा–एमालेबीच मन्त्रालय बाँडफाँट
- डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी
- सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न
- एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


ट्रेन्डिङ
तुलसी बाँस्कोटा






