काठमाडौं । राइडरहरूले उठाउँदै आएका विभिन्न माग सम्बोधनका लागि सम्बन्धित पक्षबीच औपचारिक वार्ता अघि बढाउने सहमति भएको छ ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा राइडरका मागका विषयमा छलफल भएको हो। स्वतन्त्र चालक फाउन्डेसन नेपालमार्फत प्राप्त मागपत्रमा उल्लेखित सम्पूर्ण विषयलाई गम्भीरतापूर्वक लिँदै न्यायोचित रूपमा सम्बोधन गर्ने विषयमा सरोकारवाला पक्षबीच आन्तरिक छलफलसमेत गरिएको जनाइएको छ ।
समस्याको दिगो समाधानका लागि पूर्वाधार विकास मन्त्रालय, स्वतन्त्र चालक फाउन्डेसन नेपाल, आईओई पुल्चोक, विभिन्न राइड सेयरिङ कम्पनीलगायत सम्बन्धित सबै पक्षसँग समन्वय गरी वार्तामार्फत यथाशीघ्र निकास खोज्ने तयारी भइरहेको छ ।
आपसी संवाद र वार्तामार्फत समस्याको समाधान खोज्ने प्रक्रिया अघि बढेकाले तत्कालका लागि सडकमा जारी आन्दोलनका कार्यक्रम स्थगित गर्न राइडरहरूलाई आग्रह गरिएको छ ।
निर्देशक रिता पोखरेलले राइडरहरूलाई धैर्य र संयम कायम राख्दै वार्ताको प्रक्रियालाई सहयोग गर्न अपिल गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- जेनजी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्मः अब युवाले खोजेको उत्तर के हो ?
- मुक्तिनाथ विकास बैंकको नाइमा एक्सपो लक्षित अटो लोन योजना
- राइडरका माग सम्बोधन गर्न औपचारिक वार्ता अघि बढाउने सहमति
- आज अन्तर्राष्ट्रिय युवा दिवस, ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ मूल नारा
- राष्ट्रियसभा बैठक आज, सात संसदीय समितिको पनि बैठक बस्दै
- आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
- शेखर गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग
- सरकारले गर्यो पाँच महत्वपूर्ण निर्णय, चार जनालाई सहिद घोषणा


ट्रेन्डिङ
खबरमुकाम







