काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले प्रदेशदेखि क्षेत्रीय सभापतिसम्मका नेताहरूलाई राष्ट्रिय भेलामा सहभागी हुन परिपत्र गरेको छ ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री तथा सांसद, प्रदेशसभा क्षेत्रीय सभापति तथा महानगर, नगरपालिका र गाउँपालिका कार्यसमितिका सभापतिलाई भेलामा सहभागी हुन आग्रह गरेका हुन् ।
इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । भेलामा मुलुकको वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकतामाथिका चुनौती र कांग्रेसभित्र देखिएको विवादलगायत विषयमा छलफल हुने जनाइएको छ ।
सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै पूर्वसभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेला आयोजना गरेको बताइएको छ । भेलालाई पूर्वसभापति देउवाले समेत सम्बोधन गर्ने तयारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
- रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति
- प्रतिनिधिसभाको बैठक आज बस्दै, खानी तथा खनिज पदार्थ विधेयक छलफलमा
- आजको मौसमः देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना
- आगलागीबाट घर–व्यवसाय गुमाएका राजेन्द्र गौतमका लागि जुट्दै सहयोगी हातहरु
- भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
- विपक्षी सांसदले दोहोर्याए प्रधानमन्त्रीको सीमा अभिव्यक्ति फिर्ताको माग
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन परिपत्र

ट्रेन्डिङ
खबरमुकाम






