काठमाडौं । पर्साको वीरगञ्जमा मादक पदार्थ सेवन गरेका चालकले चलाएको भारतीय ग्यास ट्यांकरले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गएराति करिब ८ बजे वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकमा पावरहाउसबाट तिलावे पुलतर्फ जाँदै गरेको ना.२ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आएको आरजे.१४ जीई ८७१० नम्बरको भारतीय ग्यास ट्यांकरले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनापछि ट्यांकर चालक फरार भएका थिए ।
घाइते सबैलाई उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
प्रहरीले फरार चालक भारतको मुजफ्फरपुर जिल्ला साहेबगञ्जका ४८ वर्षीय धनेश्वर रायलाई पक्राउ गरेको छ । स्वास्थ्य परीक्षणका क्रममा उनले मादक पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । चालकविरुद्ध थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मादक पदार्थ सेवन गरेका चालकको ग्यास ट्यांकरले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते
- भारतबाट शेख हसिनाको पत्रकार सम्मेलनप्रति बंगलादेशको कडा आपत्ति
- घर बनाउन सञ्चय कोष सुर्खेतले दियो ३५ करोड ऋण
- ‘ब्लू सर्ज - पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदारहरू स्वदेश फिर्ता
- नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा
- नेपाल टेलिकमद्वारा महशुल तिर्न बाँकी ग्राहकका लागि छुटको व्यवस्था
- आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

ट्रेन्डिङ
खबरमुकाम






