घर बनाउन सञ्चय कोष सुर्खेतले दियो ३५ करोड ऋण

काठमाडौं । कर्मचारी सञ्चय कोष सुर्खेत शाखाले आर्थिक वर्ष २०८२/८३ मा झण्डै ९८ करोड रुपैयाँ बराबरको सापटी प्रवाह गरेको छ । ६३ करोड विशेष सापटी प्रदान गरेको कोषले घर तथा जग्गाको धितोमा घर निर्माण¸ घर मर्मत¸ जग्गा तथा घर खरीद लगायतका सापटीको लागि ३५ करोड ऋण प्रवाह गरेको हो । यस आर्थिक वर्षमा १७३७ सञ्चयकर्ताले उक्त रकम उपभोग गरेका हुन् ।

यस अवधिमा सुर्खेत शाखाले कोष रकमको धितोमा ६३ करोड रकम बराबरको विशेष सापटी प्रदान गरेको छ । यस्तै घर जग्गा निर्माण तथा खरिदको लागि १२८ जनाले ३५ करोड बराबरको ऋण सुविधा उपभोग गरेका छन् । सूचना अधिकारी राजेन्द्र विक्रम केसीका अनुसार कोषले सञ्चयकर्ता वा पति/पत्नीका नाममा रहेको जग्गा र उक्त जग्गामा रहेको घरसमेत धितो राखी घर निर्माण गर्न, घर खरिद गर्न वा तल्ला थप गर्ने वा घर मर्मत गर्ने प्रयोजनका लागि एक करोड ५० लाखसम्म सापटी प्रदान गर्ने गरेको छ । त्यस्तै जग्गा खरीदको लागि अधिकतम एक करोड¸ घर मर्मतका लागि ५० लाखसम्म सापटी पाइने व्यवस्था रहेको छ । घर समेत धितो रहने भएमा कम्तीमा आठ फिटको बाटो र जग्गा मात्र धितो रहने भएमा बाह्र फिटको बाटो भएको कम्तीमा पाँच धुर क्षेत्रफलको जग्गा हुनुपर्ने प्रावधान छ ।

शाखाले सञ्चयकर्ताको सामाजिक आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी¸ सरल सापटी लगायतका सापटी प्रदान गर्दै आइरहेको छ । यसै आर्थिक वर्षदेखि कोषले प्रदान गर्ने भनेको परिवहन (सवारी साधन) सापटी भने हाललाई शाखाबाट प्रदान नहुने केसीले बताए ।

यस्तै सञ्चयकर्ताले योगदान गर्नु नपर्ने गरी शाखाले औषधोपचार सुविधा, किरियाखर्च र शिशु तथा प्रसूति स्याहार जस्ता सामाजिक सुरक्षा सुविधा समेत प्रदान गर्दै आइरहेको छ । यसै अवधिमा सामाजिक सुरक्षा खर्च बापत एक हजार दुई सय ३८ जना सञ्चयकर्तालाई उनान्सय लाख ७२ हजार रुपैया समेत प्रवाह भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै