काठमाडौं । प्रभु बैंकले आफ्नो बारेमा हाल विभिन्न सञ्चार माध्यमहरुमा आइरहेका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माले एक विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यमहरूमा बैंक तथा बैंकका सञ्चालक, पदाधिकारी र व्यवस्थापनसँग सम्बन्धित विषयलाई लिएर सत्यतथ्यको पर्याप्त पुष्टि नगरी एकपक्षीय, अतिरञ्जित तथा भ्रामक सामग्री प्रकाशन तथा प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ– ‘यस्ता भ्रामक समाचारहरू प्रकाशन गरी बैंकको संस्थागत प्रतिष्ठा, सञ्चालक तथा पदाधिकारीहरूको व्यक्तिगत मान–मर्यादा, बैंकप्रतिको सार्वजनिक विश्वास तथा नियामकीय निकायहरूप्रति अनावश्यक भ्रम सिर्जना गर्ने दुष्प्रयासप्रति बैंक गम्भीर असहमति व्यक्त गर्दै प्रकाशित तथा प्रसारित त्यस्ता दुराशययुक्त समाचारहरूको पूर्ण रूपमा खण्डन गर्दछ ।’
यसका साथै बैंकभित्र कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा आवश्यक समायोजन, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया सञ्चालन, धितो लिलामी सूचना प्रकाशन लगायतका कार्यहरू बैंकिङ व्यवसायका नियमित तथा कानुनसम्मत संस्थागत अभ्यासहरू भएको बताएका छन् । सिइओ शर्माले यस्ता नियमित प्रशासनिक तथा व्यावसायिक प्रक्रियाहरूलाई वास्तविकताभन्दा फरक ढङ्गले कुनै पनि आधार प्रमाण वा आधिकारिक पुष्टि बिना सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गर्नु तथ्यपरक पत्रकारिताको मर्म, व्यावसायिक आचारसंहिता तथा जिम्मेवार सञ्चार अभ्यास अनुकूल हुँदैन भन्ने बैंकको स्पष्ट धारणा रहेको प्रष्ट पारेका छन् ।
‘विगतमा केही कर्जा फाइलसम्बन्धी विषयमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भएका र सम्बन्धित मुद्दाहरू सक्षम अदालतमा विचाराधीन रहेका सन्दर्भमा बैंकले नियामकीय प्रावधान तथा प्रचलित कानूनको पूर्ण पालना गर्दै आवश्यक जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा सुधारात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको छ । भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन बैंक थप सुदृढ प्रणालीसहित निरन्तर प्रतिबद्ध रहेको छ ।’ –विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी, बैंकको सञ्चालक समिति तथा व्यवस्थापनबाट हुने सम्पूर्ण निर्णयहरू सम्बन्धित कानून, नेपाल राष्ट्र बैंकका निर्देशन तथा नियामकीय मापदण्डबमोजिम नै हुँदै आएको र भविष्यमा पनि पूर्ण रूपमा सोही अनुरूप सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरिएको छ । सञ्चारमाध्यममा कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्नु अघि त्यसको सत्यता, तथ्यपरकता, विश्वसनीयताको परीक्षण तथा सम्बन्धित पक्षबाट आवश्यक पुष्टि गर्नु पत्रकारिताको आधारभूत व्यावसायिक दायित्व भएको तथा अनुमान, अपुष्ट स्रोत वा एकपक्षीय सूचनाका आधारमा सामग्री सम्प्रेषण गर्दा सम्बन्धित संस्था, व्यक्तिको प्रतिष्ठा, सार्वजनिक विश्वास तथा समग्र वित्तीय प्रणालीप्रति नै अनावश्यक भ्रम र नकारात्मक धारणा सिर्जना हुन सक्ने भएकाले आगामी दिनमा यस्ता विषयमा उच्चतम व्यावसायिक संवेदनशीलता, निष्पक्षता तथा तथ्यपरकताका साथ समाचार सम्प्रेषण हुनेमा बैंक विश्वस्त रहेको जनाइएको छ ।
प्रभु बैंक आफ्ना सम्पूर्ण निक्षेपकर्ता कर्जाग्राही, शेयरधनी, ग्राहकवर्ग, लगानीकर्ता तथा सम्पूर्ण सरोकारवालाको हित प्रवर्द्धन गर्ने कार्यमा स्पष्ट नीति प्रभावकारी कार्यक्रम तथा दीर्घकालीन कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै बैंकसम्बन्धी कुनै पनि सूचना वा समाचारका सम्बन्धमा बैंकबाट आधिकारिक रूपमा जारी गरिएका सूचना तथा विश्वसनीय स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन सम्पूर्ण सरोकारवालामा बैंकले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने
- आज प्रतिनिधिसभा बैठक बस्दै, भूमिहीन र सुकुमवासीको मुद्दामाथि विशेष छलफल हुने
- आज धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







