काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनावपूर्ण अवस्थाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसहितको टोलीले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरेको छ ।
रास्वपा सचेतक प्रकाशचन्द्र परियारको नेतृत्वमा गएको टोलीले देवानगञ्ज घटनाबाट उत्पन्न जटिलताका कारण हुन सक्ने सम्भावित दुर्घटना रोक्न तत्काल आवश्यक कदम चाल्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
टोलीले घटनाको पृष्ठभूमि, स्थानीय अवस्था तथा सरकारले अब चाल्नुपर्ने कदमबारे आवश्यक सुझाव र स्थानीयस्तरबाट प्राप्त जानकारीसमेत गृहमन्त्रीसमक्ष प्रस्तुत गरेको रास्वपा नेता तथा पत्रकार वीरेन्द्र केएमले जानकारी दिए ।
भेटका क्रममा गृहमन्त्री गुरुङले देवानगञ्ज घटनाबारे आफू जानकार रहेको र आगामी दिनमा हिन्दु–मुस्लिम समुदायबीच पुनः कुनै अप्रिय घटना हुन नदिन मन्त्रालयले अनुसन्धान अघि बढाइरहेको बताएको उनले दाबी गरे ।
गृहमन्त्रीले घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन गर्ने तथा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरी आवश्यक विशेष निर्णय सार्वजनिक गर्ने तयारी भइरहेको समेत जानकारी दिएको बताइएको छ ।
यसअघि सुनसरीका बासिन्दासमेत रहेका रास्वपा सचेतक परियारले देवानगञ्ज घटनाबारे धारणा सार्वजनिक गर्दै सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





