काठमाडौँ । काठमाडौँ र धादिङ जोड्ने नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार उद्घाटन भई सञ्चालनमा आउने भएको छ । करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको सुरुङमार्ग २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको यो सुरुङमार्ग अब भने औपचारिक रुपमा सञ्चालनमा आउन लागेको हो ।
कोभिड–१९ महामारी, मुआब्जा विवादलगायत कारण निर्माणमा ढिलाइ भएको थियो । मुख्य सुरुङ २.६८ किलोमिटर र आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ । आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो ।
सुरुङ सञ्चालनमा आए पनि पहिलो चरणमा आपतकालीन प्रयोजनका सवारीलाई मात्र प्रवेश दिइनेछ । त्यसपछि चरणबद्ध रूपमा निजी तथा सार्वजनिक सवारी सञ्चालन गरिनेछ । पैदलयात्री, दुईपाङ्ग्रे सवारी तथा पेट्रोल, डिजेललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने प्रवेश निषेध गरिएको छ ।
सुरुङ प्रयोग गरेबापत शुल्कसमेत लाग्नेछ । कार–भ्यानले काठमाडौँ भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ, मिनीबस तथा टिपरले क्रमशः ११५ र ८० रुपैयाँ, बस तथा ट्रकले २६० र २०० रुपैयाँ तथा हेभी ट्रकले ६०० र २५० रुपैयाँ तिर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





