काठमाडौँ । कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडकखण्डमा गएराति नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मध्यपश्चिम जनसेवा यातायातको भे.१ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र.०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा, कपिलवस्तु पठाएको थियो । उपचारका क्रममा चिकित्सकले आइतबार राति १ः५० बजे दुवै जनालाई मृत घोषणा गरेका हुन् ।
मृतक दुवै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरूको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र बस तथा बसका सहचालक सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ खैरागार निवासी २१ वर्षीय सुनिल रानालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ ।
बस चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–२ खरीगैरा निवासी २८ वर्षीय श्यामकुमार कामी भने रुपन्देहीमा प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






