काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी, समन्वय र प्रतिकार्यबारे जानकारी माग गर्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको विषयअन्तर्गत ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको छ ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६७ अनुसार दर्ता गरिएको प्रस्तावमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्तावकहरूले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटजस्ता प्राकृतिक विपद्को जोखिम बढेको उल्लेख गरेका छन् । यस्तो अवस्थामा सरकारले प्रभावकारी पूर्वतयारी र व्यवस्थापन गर्न नसकेको उनीहरूको भनाइ छ ।
प्रस्तावमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ उद्धृत गर्दै यस वर्ष मनसुनजन्य विपद्का कारण देशभर करिब ५१ हजार ८६८ घरधुरी प्रभावित हुने र २ लाख २६ हजार ६६१ नागरिक जोखिममा पर्न सक्ने अनुमान गरिएको उल्लेख गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दर्ता गरेको उक्त प्रस्तावलाई नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले समेत समर्थन गरेका छन् ।
उक्त प्रस्तावमार्फत सरकारले विपद् पूर्वतयारी, उद्धार, राहत तथा समन्वयका लागि गरेका तयारीबारे राष्ट्रियसभामा स्पष्ट जानकारी गराउन माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





