काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेल यतिबेला चुनावी प्रचारप्रसारको केन्द्र बनेको छ । ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनलाई लक्षित गरी उम्मेदवारहरूले सडकभरि प्रचार सामग्री र ब्यानरहरू राख्दा ठमेलको सौन्दर्य बिग्रिएको छ । अध्यक्षका उम्मेदवार रहेका प्रशय राजभण्डारी समूहले जताततै ब्यानर लगायतका प्रचार सामाग्री राख्दा त्यहाँको सौन्दर्य बिग्रिएको हो ।
यसअघि सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, भित्ते लेखन र अव्यवस्थित प्रचार सामग्री हटाउन निकै आक्रामक देखिएको काठमाडौं महानगरपालिका, ठमेलमा देखिएको यो भद्रगोलमा भने मौन देखिएको छ ।
विशेषगरी राजभण्डारी समूहले ठमेलका मुख्य सडकहरूमा व्यापक रूपमा ब्यानर र चुनावी सामग्री राखेर अभद्र प्रचार गरिरहेको छ । तर, महानगरपालिकाले यसलाई रोक्न वा हटाउन कुनै चासो नदेखाएको भन्दै स्थानीय व्यवसायी तथा घरधनीले असन्तुष्टि व्यक्त गरेका छन् ।
पर्यटनको मुख्य हब मानिने ठमेलका सडक र गल्लीहरूमा जथाभावी टाँगिएका ब्यानरले पैदलयात्री र सवारीसाधन र पर्यटकहरूलाई समेत बाधा पुर्याएको छ। महानगरले साना व्यवसायीका बोर्डहरू हटाउन जुन सक्रियता देखाउँछ, अहिले चुनावी प्रचारका नाममा भएको यो अराजकतामा किन चुप लागेको हो, एक स्थानीय व्यवसायीले प्रश्न गरे ।
व्यवसायीहरूका अनुसार निर्वाचनको नाममा सार्वजनिक सम्पत्तिको कुरुप प्रयोग हुनु र पर्यटकीय क्षेत्रको स्वच्छतामा आँच पुग्नु दुःखद पक्ष हो ।
उनीहरूले महानगरपालिकाले सबैका लागि समान नियम लागू गर्नुपर्ने र ठमेलको सौन्दर्य कायम राख्न तत्काल कदम चाल्नुपर्ने माग गरेका छन् ।
स्थानीयहरूको गुनासो छ कि, नियम सबैका लागि बराबर हुनुपर्छ। निर्वाचनको बाहानामा कसैलाई पनि सार्वजनिक स्थलमा फोहोर गर्ने वा अव्यवस्थित प्रचार गर्ने छुट हुनुहुँदैन ।
काठमाडौं महानगरपालिकाले सहरलाई क्लिन सिटी बनाउने अभियान चलाइरहेका बेला, ठमेलमा देखिएको यो दृष्यले महानगरको दोहोरो मापदण्डलाई उजागर गरेको स्थानीयहरूको आरोप छ ।
निर्वाचन प्रचारप्रसारलाई व्यवस्थित बनाउन र सार्वजनिक स्थलको मर्यादा राख्न सम्बन्धित सबै पक्षलाई सरोकारवालाहरूले ध्यानाकर्षण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





