काठमाडौं । मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र नतिजामुखी कार्यसम्पादन सम्बन्धी १०० बुँदे कार्ययोजना तथा प्रभावकारी ग्राहक सेवाको मर्मलाई आत्मसात् गर्दै राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहक सेवालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाएको छ । कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैंकले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।
बैंकको यस प्रयास मार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ । अनलाइन कर्जा आवेदनका लागी बैंकको आधिकारिक वेबसाइट www.rbb.com.np को शिरमा रहेको Quick Access अन्तर्गत रहेको Online Loan Application को लिङ्क क्लिक गरी RBB Xmart Lending Digital Loan Portal मा जानुपर्नेछ । उक्त पोर्टलमा दर्ता हुन इमेल, युजरनेम र पासवर्ड राखी User Registration मार्फत दर्ता गर्नुपर्नेछ । तत्पश्चात् आफ्नो नाम, सम्पर्क मोबाइल नं लगायत विवरण प्रविष्ट गरी प्राप्त निर्देशन अनुसार अगाडी बढ्नुपर्छ ।
Application Submitted भईसकेपछी सोको जानकारी ग्राहकलाई आउँछ र आवेदनको अवस्था Track Progress मा क्लिक गरेर हेर्न सकिनेछ । ग्राहकवर्गको सहजताको लागि अनलाइन कर्जा आवेदन पोर्टलको QR code समेत उपलब्ध गराईएको छ । अनलाईन कर्जा सेवाको भरपूर लाभ उठाउन बैंकले आम नागरिक, व्यवसायी एवं सरोकारवाला सबैमा अनुरोध गरेको छ ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु मार्फत कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





