काठमाडौं । याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाडौंमा सडक सुरक्षा सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा फ्लीट पार्टनर ईन्नोहब प्रा.लि. मार्फत २०० नयाँ मोटरसाइकल चालकलाई मोटरसाइकल वितरण गरिएको थियो भने २०० भन्दा बढी हेल्मेट र रेनकोट पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा वर्षायाममा सुरक्षित रूपमा मोटरसाइकल चलाउने तरिका, ट्राफिक नियम, सडक सुरक्षा र नागरिक जिम्मेवारीबारे ट्राफिक प्रहरीद्वारा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षण कार्याक्रमपछि याङ्गो राइड नेपालका कन्ट्री मेनेजर सन्तोष पाण्डेले भने– ‘याङ्गोको उद्देश्य चालक, यात्रु र स्थानीय व्यवसाय सबैलाई लाभ पुग्ने वातावरण निर्माण गर्नु हो । स्थानीय फ्लीट पार्टनरसँगको सहकार्यले चालकहरूलाई सजिलो आम्दानीको अवसर प्रदान गर्नुका साथै नेपालको डिजिटल अर्थतन्त्रलाई पनि सहयोग पुर्याइरहेको छ ।’
उनले थप भने–‘याङ्गोको लागि सुरक्षा पहिलो प्राथमिकता हो । ट्राफिक प्रहरीसँग मिलेर चालकहरूलाई आवश्यक सुरक्षा ज्ञान र सामग्री उपलब्ध गराउन पाउँदा हामी खुशी छौं । आगामी दिनमा पनि चालक र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’
कार्यक्रममा ईन्नोहब प्रा.लि.ले नयाँ चालकहरूलाई मोटरसाइकल र हेल्मेट उपलब्ध गराएको थियो । याङ्गो राइडलले स्थानीय साझेदारसँगको सहकार्यमार्फत सुरक्षित र भरपर्दो यातायात सेवा विस्तार गर्ने तथा चालकहरूका लागि रोजगारीका अवसर बढाउने लक्ष्य लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






