काठमाडौं । चर्चित सेफ सन्तोष साहलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई धनुषाको रामानन्द चोक क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको हो ।
प्रहरीका अनुसार सन्तोष साहसँगै उनका दाजु नाता पर्ने नारायण साहलाई पनि पक्राउ गरिएको छ । दुवै जनालाई गएराति नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको बताइएको छ ।
शकुन्तला अधिकारी (थापा)ले दिएको उजुरीका आधारमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो । सोही प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
हाल दुवै जनामाथि सम्बन्धित मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






