काठमाण्डौ । बाढीका कारण अवरुद्ध भएको खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडक पुनः सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ स्थित पङ्खुखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गअन्तर्गतको उक्त सडक अवरुद्ध भएको थियो । गत शुक्रबार परेको वर्षापछि माथिल्लो क्षेत्रबाट लेदोसहित आएको बाढीले करिब २५ मिटर सडक बगाउँदा यातायात सेवा प्रभावित बनेको थियो ।
अवरुद्ध सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ तथा स्थानीयवासीको संयुक्त पहलमा पुनः सञ्चालनमा ल्याइएको हो ।
सडक सञ्चालनमा आएपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाण्डौतर्फ तथा काठमाण्डौबाट दिक्तेल हुँदै भोजपुरतर्फ आवतजावत गर्ने सवारी साधन पुनः सञ्चालनमा आएका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले सडक खुलिसकेको र यातायात सेवा नियमित बन्दै गएको जानकारी दिए ।
उता, पङ्खुखोलामा २०७३ सालमै मोटरेबल पक्की पुल निर्माण गर्ने योजना सुरु भए पनि हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनी र ठेकेदार पक्षको ढिलासुस्तीका कारण पुल अलपत्र परेपछि स्थानीयवासी तथा सवारी साधनलाई अहिले पनि खोलाबाटै आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।
स्थानीयवासीले वर्षायाममा बारम्बार सडक अवरुद्ध हुने समस्या समाधानका लागि पुल निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






