काठमाण्डौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । महाशाखाले नियमित मौसम बुलेटिन मार्फत पहाडी र हिमाली क्षेत्रमा मौमस बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको जनाएको हो ।
तर देशको तराई क्षेत्रमा भने तातो हावा चल्नेछ । तातो हावाले अत्यधिक गर्मी बढ्ने महाशाखाले जनाएको छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका धेरैजसो हिमाली तथा पहाडी भागमा बदली छ भने तराईमा आंशिक बदली छ ।
आज कोशी प्रदेशका केही ठाउँ, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशमा अबका केही दिन मध्यम वर्षा हुने अनुमान छ । साप्ताहिक मौसम पूर्वानुमान अनुसार आउँदो शुक्रबार र शनिवार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने, साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






