काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा अपत्यारिला भिडियोहरु पोस्ट गरेर चर्चा र विवादमा आएका पात्र हुन् प्रकाश भुजेल । उनले ‘मेडिकल साइन्स’लाई नै चुनौती दिँदै अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई निको पार्ने गरेको दाबी गर्ने गरेका छन् । गाडीको सहचालक (खलाँसी) हुँदै एकाएक ‘कथित तान्त्रिक’को रुपमा सामाजिक सञ्जालमा छाएका उनी काण्डै काण्डमा मुछिएका पात्र हुन् ।
आफ्नो कर्तुतका विरुद्ध बोल्नेहरुलाई फसाउन युवती प्रयोग गरेर बलात्कारको आरोप लगाउनेदेखि आफैं सवारी ज्यान मुद्धामा जेल बसेको बिगत भएका उनले नक्कली प्रमाणपत्र किनेर आफूलाई ‘झुटो डाक्टर’ बनाएको आरोपसमेत लाग्ने गरेको छ । कुनै अमुक झारपातबाट बनाइएको जडिबुटीका नाममा पनि उनले सोझासाझा मानिसहरुबाट अवैध असुली धन्दासमेत चलाउने गरेको आरोप धार्मिक संघसंस्थाका नेतृत्वकर्ताहरुले लगाउने गरेका छन् । बेलाबेलामा सामाजिक काम भन्दै पीडामा परेका व्यक्तिहरुलाई सहयोगको बहाना गर्ने भुजेलले उक्त सहयोग भनिएको रकमको श्रोत भने खुलाउन सकेका छैनन् ।
उनै प्रकाश भुजेलले आफू नेतृत्वको नेपाल तान्त्रिक झाँक्री संघका नाममा एक कार्यक्रम गरी आफ्नो ‘लूट धन्दा’मा वाधक नबन्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौंको गोकर्णेश्वरमा अन्य ‘निस्क्रिय’ अवस्थामा रहेका केही धार्मिक संघ–संस्थाका १२–१३ जना मानिसहरु जम्मा पारेर उनले त्यो भेटघाटलाई ‘संयुक्त खबरदारी सभा–२०८३’ नाम दिएर सरकारलाई चेतावनी दिएका हुन् । एउटा गुट बनाएर अस्तित्वविहीन अवस्थामा रहेको ‘विश्व हिन्दु महासंघ, नेपाल’ नामक संस्थाका अध्यक्ष रामचन्द्र अधिकारीको आतिथ्यता रहेको गुटको भेटमा संघका अध्यक्ष भुजेलले आफूहरु बिरामीको लागि भगवान नै भएको भान हुने अभिव्यक्ति दिएका थिए ।
आफ्नो कर्म अनुसार आफैं पदवी स्वीकार गरेका उनले त्यस्ता फटाहा, ठग र ढोंगी शब्द प्रयोग नगर्न चेतावनी दिँदै जस्तो मै हुँ भन्ने डाक्टरले पनि निको पार्न नसकेका गम्भीर बिरामीहरु आफूले ठिक पारेको दाबी गरे । मानसिक रोग मात्रै होइन छुटिनै लागेका परिवारका चरम विवाद मिलाएर पारिवारिक मिलन गराएको दाबीसमेत उनले गरे । आफूलाई ‘कथित अलौकिक शक्तिधारी’दाबी गर्ने उनले यस्तो अदृष्य र अपत्यारिलो हर्कतलाई आफ्नो ‘परम्परागत पेशा’ भन्न भ्याए ।
मासिनसहरुका समस्यामा देखेर त्यस्ता समस्याले कमजोर बनेको मानिसको मानसिकतासँग खेल्न सिपालु भुजेलले त्यही कमजोरीको फाइदा उठाउँदै चर्को असुली धन्दा मच्चाउँदै आएका छन् । यद्यपी, उनले हाल सरकारले धामी–झाँक्रीको धन्दाका बारेमा सरकारले निगरानी बढाउन लागेको तर्फ संकेत गर्दै यति त्यस्तो गरिए ‘प्रतिकार गर्ने धम्की’ नै दिए । अलौकिक शक्तिको दाबी गरेर झारफुक गर्ने, ग्रहदोष र भूतप्रेत हटाइदिने, तथा प्राणघातक रोगबाटसमेत मुक्ति दिने बहानामा सिधै ठगीको अखडा चलाउँदै आएका भुजेलले आफूहरु परम्परागत हिन्दु धर्मको संरक्षणमा लागेको तथा संस्कृति र धर्मको संरक्षण गर्ने शक्तिलाई सरकारले फरक दृष्टिकोण राखेमा राम्रो नहुने चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

ट्रेन्डिङ
खबरमुकाम







