काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार दिउँसो र राति पनि वर्षा हुने क्रम जारी रहने सम्भावना रहेको जनाएको छ । महाशाखाले नियमित मौसम बुलेटिनमा यस्तो सम्भावना औंल्याएको हो ।
महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपालनजिक रहेको न्यून चापीय रेखाको प्रभाव छ । यतिबेला मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोसी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ । पहाडी–हिमाली भेगमा हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हुरीको पनि सम्भावना छ ।
त्यस्तै राति मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी स्थानको आकाशमा आंशिक बादल लाग्नेछ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कोसी र कर्णाली प्रदेश हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ । पहाडी–हिमाली भेगमा हिमपातको पनि सम्भावना छ । अनि सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







