काठमाडौं । हाल सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रहेका रवि लामिछानेसहितको समूहले सञ्चालनमा ल्याएर बन्द गरेको ग्यालेक्सी फोरके टेलिभिजनका सामानहरु लिलाम गर्ने प्रक्रिया अगाडि बढेको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी टेलिभिजनका सामानहरु लिलामी गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
काठमाडौं महानगरपालिकाको वडा नं. ३ निवासी मृगेन्द्रप्रसाद मिश्रसमेत वादी र गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई प्रतिवादी रहेको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’सम्बन्धी मुद्दामा महानगरको न्यायिक समितिले १४ कात्तिक २०८१ मा वादीको पक्षमा फैसला गरेको थियो ।
निर्णयअनुसार प्रतिवादीबाट घर बहाल रकम तथा बहाल कर असुल गरी घरजग्गा खाली गराउन आदेश दिइएको थियो । त्यसपछि २८ साउन २०८२ मा उच्च अदालत पाटनले दुई महिनाभित्र निर्णय कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो ।
अदालतको आदेशपछि १४ कात्तिक २०८२ मा महानगरपालिकाको टोली खटिएर निर्णय कार्यान्वयन गरिएको जनाइएको छ ।
महानगरका अनुसार निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएपछि वादी मृगेन्द्र मिश्रले २१ वैशाख २०८३ मा ग्यालेक्सी फोकेमा रहेका सामान लिलाम गरिपाऊँ भन्दै निवेदन दिएका थिए । त्यसै आधारमा महानगरले सार्वजनिक सूचना जारी गरेको हो ।
सूचनामा १५ दिनभित्र बाँकी बहाल रकम बुझाई आफ्नो सरसामान लगी घर खाली गर्न अन्तिम अवसर दिइएको उल्लेख छ । तोकिएको अवधिभित्र सामान नलगिएमा काठमाडौं महानगरपालिका न्यायिक समिति को कार्यविधिअनुसार सामान लिलाम गरिने चेतावनीसमेत दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






