काठमाडौं । देशभरको मौसममा फेरि बदली देखिएको छ। पश्चिमी वायु, स्थानीय वायु र पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस प्रणालीको प्रभावले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा मौसम बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागमा पनि बादल लाग्ने सम्भावना रहेको छ । केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । यस्तै मधेश प्रदेशसहित ती प्रदेशका तराई क्षेत्रमा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान छ ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम अपेक्षाकृत खुला रहने भएकाले तापक्रम बढ्ने र गर्मी महसुस हुने सम्भावना रहेको छ। त्यस क्षेत्रमा दिउँसोको समय बढी तातो हुन सक्ने मौसमविद्हरूको भनाइ छ ।
मौसमविद्हरूका अनुसार मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले कृषक, यात्रु तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।
आज रातिसमेत देशका अधिकांश हिमाली क्षेत्रमा बादल रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा जारी रहने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले वर्षा, चट्याङ, हावाहुरी र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो
- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
- नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
- नेपाल टेलिकमले ल्यायो मनसुन अफर

ट्रेन्डिङ
खबरमुकाम







