काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहाद र देउवा दम्पत्तीलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणमा पक्राउ पूजी जारी गरिएको विरुद्ध देउवा दम्पत्तीको तर्फबाट दायर रिटको सुनुवाइ गर्दै सोमबार यस्तो आदेश आएको हो ।
सर्वोच्च अदालतमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा भएको बहसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको ठहर गर्दै क्षेत्राधिकार भन्दा बाहिर नजान सचेत गराइएको छ । सर्वोच्चले अध्यादेश जारी हुनुपुर्व काठमाडौं जिल्ला अदालतबाट २०८२ चैत १४ मा जारी पक्राउ पुर्जी स्वतः निष्क्रिय हुने ठहर समेत गरेको छ ।
देशमा प्रतिनिधिसभाको निर्वाचनभन्दा एक हप्ता अगाडि देउवा दम्पत्ती थाइल्याण्ड उडेका थिए । उपचारको लागि भन्दै बैंकक पुगेका उनीहरु अहिले हङकङमा छन् ।
नेपालमा पक्राउ गर्ने गरी तयारी गरिएपछि आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको, सम्पत्तिको स्रोत देखाउन मन्जुर रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गर्दै उनीहरुको सर्वोच्चमा रिट दायर गरिएको थियो । सरकारले देउवाविरुद्ध रेडकर्नर नोटिस जारी गरेर इन्टरपोलमार्फत पक्राउ गर्ने तयारीसमेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







