काठमाडौं । नेकपा (एमाले)ले व्यवसायी मीनबहादुर गुरुङले भवन बनाउनको लागि दान दिएको जग्गा फिर्ता गरेको छ । शुक्रबारदेखि आइतबारसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास रहेको गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले गुरुङ दम्पत्तीले काठमाडौंको कलंकीमा १० रोपनी १४ आना जग्गासहित घर बनाइ दिन गरिएको अवसरप्रति धन्यवाद दिने र सो जग्गा गुरुङ दम्पत्तीलाई नै फिर्ता गर्ने निर्णय भएको हो ।
पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीले बल्खुमा रहेको आफ्नै जग्गामा पार्टीको कार्यालय निर्माण गर्ने निर्णय भएको जानकारी दिए । सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार बल्खुमा कार्यालय भवन बनाउन बाधा नरहेको उनको भनाइ रहेको छ ।
२०८१ असोजमा व्यवसायी मीनबहादुर गुरूङले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिँदै घर बनाइदिने भन्दै शिलान्यास समेत गरेका थिए । यसबारे एमालेमा ठूलो विवाद सिर्जना भएको थियो ।
सचिवालयको निर्णय विरोध गरेको भन्दै नेताहरू डा. विन्दा पाण्डे, उषाकिरण तिम्सेनालाई ६ महिना पार्टी जिम्मेबारीबाट निलम्बन गरिएको थियो ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा भाटभटेनीमा आगजनी गरिएपछि गुरूङ नै आफ्नो प्रस्तावबाट फिर्ता भइसकेको नेताहरूले बताएका थिए ।
यद्यपि एमालेले अब त्यो जग्गा नलिने र बल्खुस्थित आफ्नै जग्गामा भवन बनाउने तयारी थालेको हो । बल्खुमा नयाँ कार्यालय भवन नबनुञ्जेल भाडामा घर खोज्ने पनि सचिवालय बैठकले निर्णय गरेको छ ।
२०७२ वैशाखमा भूकम्पले एमाले मुख्यालय भत्काएपछि त्यसयता एमाले भाडाको घरमा बस्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

ट्रेन्डिङ
खबरमुकाम







