पाँचथर । अविरल वर्षाका कारण खसेको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको परिवार पूर्ण रूपमा विस्थापित भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० अनिषकुमार कर्णका अनुसार मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा र गंगाप्रसादको ६ जनाको परिवार दाजु दुर्गा बेघाको घरमा शरण लिएर बसेका छन् । यस्तै, सोही स्थानका भगीमान बेघाको घर पहिरोको उच्च जोखिममा परेपछि उनको ६ जनाको परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।
१५ घर जोखिममा
बाढीपहिरोका कारण सो क्षेत्रका अन्य विभिन्न टोलहरू पनि असुरक्षित बनेका छन् । प्रहरीका अनुसार कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङडाँडाका रबिन राई, रामकुमार राई, रणबहादुर राई, मनकुमारी गुरुङ र डम्बरबहादुर गुरुङको घर जोखिममा परेको छ ।
त्यसैगरी एकराते टोलका रत्नमान राई, लछुमान राई, राजेश राई, कमलबहादुर राई र शेरबहादुर राई तथा खोलाघारी मगरडाँडा टोलका याम मगर, पूर्णकुमार मगर र सुजन मगरको घर पनि बाढीपहिरोको उच्च जोखिममा रहेको डीएसपी कर्णले जानकारी दिए ।
झोलुङ्गे तथा निर्माणाधीन सडक पुल बगाए
बाढीले भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ । लामिटारबाट चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल र याङवरक–२ दोभानेस्थित अर्को झोलुङ्गे पुलमा बाढीले क्षति पुर्याएको छ ।
यस्तै, बाढीले निर्माणाधीन दुईवटा सडक पुलसमेत बगाएको छ । पुष्पलाल ९मध्यपहाडी० राजमार्गअन्तर्गत याङवरक गाउँपालिका–२ दोभानेस्थित मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो सडक पुल, सडक र डाइभर्सनसमेत बाढीले बगाएपछि सो खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी, तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन ुलिम्बूनी पुलु को संरचना पनि बाढीले बगाएको छ । याक्थुङहाङ निर्माण सेवा प्रालिले निर्माण गरिरहेको उक्त पुलको ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन र फलामे पाइपलगायतका लाखौँ मूल्य बराबरका सामग्री बाढीले बगाएको प्रहरीले जनाएको छ ।
राजमार्ग पूर्ण रूपमा अवरुद्ध
पहिरो झरेका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको ओयाम बजार र रिजाल भिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक र पुल नै बगाएका कारण यातायात सञ्चालन गर्न र तत्काल पन्छाउन कठिन भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






