काठमाडौं । संखुवासभामा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर २१८ वटा भेडाहरु बेपत्ता भएका छन् । जिल्लाको मकालु गाउँपालिका–५, माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडीगोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका हुन् ।
आज बिहान खसेको पहिरोले मकालु–५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर बेपत्ता भएका जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ । स्थानीय दलबहादुरका २५० भेडामध्ये पहिरोमा २१८ पुरिएर बेपत्ता भएका थिए ।
वर्षापछि फोक्टे क्षेत्रमा पहिरो खस्दा पुरिएका ३२ भेडा मात्र जीवित अवस्थामा फेला परेका छन् । भेडा गोठालाको काम गर्दै आएका स्थानीय २० वर्षीय झलक गुरुङ बाढीमा परेर घाइते भएका छन् । उनका हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल छन् ।
घटनास्थल नुम प्रहरी चौकीबाट करिब ४० किलोमिटर टाढा र लगभग १० घण्टा पैदल दूरीमा पर्छ । प्रहरी टोली र स्थानीयवासी उद्धार तथा खोजीकार्यका निम्ति घटनास्थलतर्फ गएका छन् । घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजीकार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






