काठमाडौं । नेकपा (एमाले)की पूर्वउपाध्यक्ष एवं बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेकी छन् । भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक चलिरहेकै बेला शाक्यले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीलाई तत्काल नेतृत्व हस्तान्तरण गर्न माग गरेकी हुन् ।
तीन कार्यकाल अध्यक्ष भइसकेका ओलीको ‘दम्भ र गुटगत सोच’का कारण गौरवपूर्ण इतिहास बोकेको पार्टी कमजोर स्थितिमा पुगेको शाक्यको आरोप छ ।
पार्टी ओलीको पेवा वा कम्पनी होइन
सामाजिक सञ्जालमा ओलीलाई सम्बोधन गर्दै शाक्यले लेखेकी छन्ः ‘बलिदानको रगतले जन्मेको र लाखौँ कार्यकर्ताहरूको त्याग र संघर्षबाट अगाडि बढेको एमाले पार्टी तपाईँको मात्र पेवा होइन, न त यो तपाईंको गुटको कम्पनी नै हो । त्यसैले कमरेड, सास रहुन्जेल अध्यक्ष भइराख्ने तपाईँको सोच गलत छ ।’
युवा पुस्तालाई नेतृत्व सुम्पन आग्रह
शाक्यले २१औँ शताब्दीको माग विचार, सामूहिकता र इमानको राजनीति भएको उल्लेख गर्दै अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्नेमा जोड दिएकी छन् ।
विज्ञप्तिको अन्त्यमा उनले भनेकी छन्, ‘कमरेडले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ । यो समय व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने होइन, देश र जनताको हितमा निःस्वार्थी भावनाले काम गर्ने हो ।’ ओलीले नेतृत्व त्यागेमा मात्र अन्धकारमा डुब्न लागेको एमालेलाई पुनर्जीवित गर्न सकिने दाबी समेत उनले गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता
- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि
- आजको मौसम, पानी पर्ने र तातो हावा बहने सम्भावना
- आज यस्तो छ बिदेशी मुद्राको नेपाली दररेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम



ट्रेन्डिङ
खबरमुकाम






