काठमाडौं । पूर्वी जिल्ला पाँचथरको यङ्वकर गाउँपालिकाका विभिन्न स्थानमा बाढी र पहिरोको वितण्डा मच्चिएको छ । शुक्रबार राती भएको अविरल वर्षापछि आएको बाढी र पहिरोले केही घर गोठहरु बगाउनुका साथै ठाउँ–ठाउँमा पुल र बाटोहरु भत्काएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका डीएसपी अनिश कर्णका अनुसार पहिरोले यङ्वरक–१ का महमलाल खवास र कविराज राईको घर बगाएको छ । खवासको गोठसमेत पहिरोले बगाएको छ ।
बाढी र पहिरोका कारण मध्यपहाडी लोकमार्गको थर्पु–चिवाभञ्ज्याङ खण्ड अवरुद्ध भएको छ भने दोभानेमा डाइभर्सन र निर्माणाधीन पुल बगाएको छ । च्याङथापु र चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल, च्याङथापु–एकराते जोड्ने र याङवरक–२ दोभानेस्थित नाम्रेक–फलैचा जोड्ने झोलुङ्गे पुलमा पनि बाढीले क्षति पुर्याएको छ ।
पाँचथरको हिलिहाङ र ताप्लेजुङ जोड्ने गरी निर्माणाधीन लिम्बुनी मोटरएबल पुल र सिँचाइ कुलो, खानेपानी, विद्युत सबैमा क्षति पुगेको छ । बाढीले अलैँची खेतीमा ठूलो क्षति पुर्याएको छ । यस्तै खोलाको तटीय क्षेत्रमा खेतीबारीमा ठूलो क्षति भएको छ । कावेली र तमोर जस्ता खोलामा बाढी आएको छ । मोबाइलको नेटवर्क नभएको तथा विद्युत् अवरुढ भएकाले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको डीएसपी कर्णले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम
- सुदुर पश्चिमबाट गगनको नेतृत्व स्वीकार नगर्ने देउवा पक्षको सन्देश
- कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई १० थान डोनर बेड सहयोग
- ‘संस्कृति र प्रकृतिको काखमा’ नारासहित भारतीय पर्यटकलक्षित कर्णाली टुरिजम मिट–२०२६ सुरु
- हुम्ला र बाजुराका स्थानीयबीच झडपः गोपाल हमालको टिम साइपाल नपुग्दै फर्कियो
- रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जानेः मोदीले देलान् त भेट ?
- पाँचथरमा बाढीपहिरोले ४ परिवार विस्थापित, १५ घर उच्च जोखिममा
- पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने सूचना



ट्रेन्डिङ
खबरमुकाम







