काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय इट्टाभट्टा मार्फत मेचीनगर नगरपालिका ०८, झापा, सृजनाचोक स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण सम्पन्न गरेको छ ।
बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेललाई मेचीनगर नगरपालिका ०८, सृजनाचोक, झापाका वडा अध्यक्ष गिरीराज धमलाको उपस्थितीमा वाटर डिस्पेन्सर हस्तान्तरण गरे।
बैंकको यस सहयोगबाट उक्त स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सबै वर्गका बिरामीहरु लाभान्वित हुने तर विशेषगरी गरिब तथा असाहय सेवाग्राहीहरुका लागि यो सुविधाले सहजता ल्याउने विश्वास स्वास्थ्य केन्द्रका प्रमुख पौडेलले बताए। साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद पनि ज्ञापन गरे ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






