पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी ब्रतका लागि काठमाडौँको साँखुस्थित शालीनदीमा स्नान गर्नेहरुको घुइँचो लागेको छ । एक महिनासम्म चल्ने स्वस्थानी ब्रत अवधिभर शालीनदीमा ब्रतालुहरुको घुइँचो लाग्ने गर्दछ । परापूर्वकालदेखि नै धार्मिक इतिहास बोकेको शालीनदीमा देशका विभिन्न स्थान र छिमेकी राष्ट्र भारतबाट समेत हिन्दु धर्मावलम्बीहरु स्नान गर्न आउने गर्दछन् ।

स्वस्थानी ब्रतकथामा उल्लेख भए अनुसार विवाहिता महिलाले एक महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधाना गरे श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । एक महिनासम्म श्री स्वस्थानी व्रत कथा श्रवण गरे मात्रै पनि शुभ फल प्राप्त हुने विश्वास गरिन्छ ।
स्वस्थानी ब्रतकथासँग जोडिएको शालीनदीमा हरेक वर्ष एक महिनासम्म मेला लाग्दछ । पूर्वी काठमाडौँको साँखुस्थित शाली नदीमा मेला भर्न किशोर, किशोरी, बालक, वृद्ध र सन्तमहन्तहरुको समेत भीड लाग्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





