गुरुङ (तमु) समुदायको महान् पर्व ल्होछारको अवसरमा पोखरामा ३ दिने ‘तमु ल्होछार महोत्सव २०८२’ हुने भएको छ । आयोजक तमु धीं नेपालले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी पुस १४, १५ र १६ गते पोखरा १ बगरस्थित पुरानो टुँडिखेलमा महोत्सव हुन लागेको जानकारी दिएको हो ।
यसवर्ष सप्री ल्हो (सर्प वर्ग) को बिदाई र त ल्हो (घोडा वर्ग) को आगमन हुँदैछ । तमुहरुले पुस १५ गते ल्होछारलाई धुमधामकासाथ गाउँघरमा मनाउने चलनलाई निरन्तरता दिदैं आएका छन् । पोखरामा यसवर्ष देखि अाज पुस १४, १५ र १६ गते विभिन्न कार्यक्रमका साथ टुँडिखेलमा महोत्सवको रुपमा मनाउन लागेको तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले जानकारी दिए । गुरुङका अनुसार महोत्सवका कार्यक्रमहरुले राष्ट्रियता सुधार, सद्भाव, र एकतालाई बलियो बनाउने, पर्यटनको प्रवर्धन हुने र व्यावसायीक क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवका आकर्षणहरुमा भलिबल प्रतियोगिता, खुल्ला छेलो प्रतियोगिता र मौलिक सांस्कृतिक प्रस्तुति रहेका छन् । यस्तै झाँकि प्रतियोगिता, गुरुङ भेषभुषा प्रतियोगिता, सामुहिक खुल्ला लोकनृत्य प्रतियोगिता हुने भएका छन्।
झाँकि प्रतियोगितामा प्रथम हुनेले रुपैयाँ ६० हजार, भेषभुषामा प्रथम हुनेले रुपैयाँ ५ हजार, लोक नृत्यमा प्रथम हुनेले रुपैयाँ ७५ हजार, छेलोमा प्रथम हुनेले रुपैयाँ ४० हजार र भलिवलमा प्रथम हुने टीमले रुपैयाँ १ लाख ५० हजार, दोश्रोले ८० हजार, दुईटिमले जनही पच्चिस हजारसहित पुरस्कार पाउनेछन् ।
महोत्सवको पहिलो दिन अाज पुस १४ गते बिहान साढे ११ बजे पोखराको नदिपुर प्रहरी चौकी अगाडिबाट झाँकी र्याली सुरु भई महोत्सव स्थल टुँडिखेलमा पुगेर उद्घाटन समारोहमा सहभागी भएकाे हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई "Bhotekoshi Heli Resort and Spa Pvt. Ltd." मा विशेष छुट
- एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौ ः चेम्बर
- ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान
- हिउँले छपक्कै छोपेको मुस्ताङ–डोल्पा जोड्ने सडक
- नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित
- आदिवासी जनजाति महोत्सवः तीन जातिका नमुना घर निर्माण
- उद्योग दर्तादेखि संचालनसम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न चेम्बरको सुुझाव
- महालक्ष्मी विकास बैंंक लि.को २४ औं वार्षिक साधारण सभा सम्पन्न


ट्रेन्डिङ
खबरमुकाम







