थारूहरूको छाता सङ्गठन थारू कल्याणकारिणी सभा दाङले यही पुस १९ गते एकदिने माघ सांस्कृतिक महोत्सव–२०८२ आयोजना गर्ने भएको छ । हरेक वर्ष दुई दिने महोत्सव आयोजना हुँदै आएको भए पनि यस वर्ष विभिन्न कारणले एकदिने मात्र आयोजना गर्न लागिएको सभाका अध्यक्ष अशोक चौधरीले जानकारी दिए ।
थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा तथा परम्पराको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए । घोराहीको जिल्ला समन्वय समितिको प्राङनमा हुन लागेको महोत्सवमा मघौटा नाचसहित थारू सांस्कृतिक नाचगान, झाँकी प्रदर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेटिने आयोजकले जनाएको छ ।
त्यस्तै, महोत्सवमा थारू परिकारहरू घोंघी, माछा, गंगटा, ढिक्री, अनडीको रोटी, आलुको अचारलगायत परिकारहरूको बिक्री तथा वितरण गरिनेछ । साथै थारू भाषाका विभिन्न पुस्तकहरू र हस्तकलाका सामग्रीहरू पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिने अध्यक्ष चौधरीले जानकारी दिए । सभाका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा बसेको बैठकले महोत्सव सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरेको छ । मटवाँ, थारू अगुवा तथा सरोकारवालाहरूको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
यसैगरी, तुलसीपुर उपमहानगरपालिका–६, जवरपुरमा यही पुस २५ गते आयोजना हुने माघ सांस्कृतिक महोत्सवको तयारी पनि भव्य रूपमा भइरहेको मूल आयोजक समितिले जनाएको छ । थारू कल्याणकारिणी सभा क्षेत्र नं. ३, नमुना भुह्यारथान तथा मटवाँ महासंघ तुलसीपुरको आयोजनामा हुन लागेको महोत्सवको तयारीलाई तीव्र बनाइएको भुह्यारथानका अध्यक्ष रामशरण चौधरीले जानकारी दिए ।
यसैबिच, “एकता, विकास र आत्मनिर्भरताको लागि सांस्कृतिक अभियान” भन्ने मूल नारासहित यही पुस २७ गते घोराही–१७ स्थित शहीद नेत्रलाल स्मृति पार्कमा आयोजना हुने गुलरिया माघ सांस्कृतिक महोत्सवको तयारी पनि तीव्र पारिएको छ । महोत्सवको प्रचार–प्रसार, आर्थिक संकलन तथा सांस्कृतिक नृत्य टोलीहरूको नाम दर्ता प्रक्रिया अघि बढाइएको मूल आयोजक समितिका सदस्य प्रेम चौधरीले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






