हालै ‘पवनकली’ नामले सुपरिचित टेलिभिजन होस्ट, कलाकार, अभियन्ता लुनिभा तुलाधरले एक फिल्म प्रिमियरको क्रममा व्यक्त गएको विचारले सामाजिक सञ्जाल राम्रै तातेको छ। कतै उनी ‘अश्लील बोलिन्’ भन्ने आरोप, कतै ‘अनावश्यक खुलेर भनिन्’ भन्ने टिप्पणी । तर वास्तवमा, उनले उठाएको मुद्दा यस्तो हो जसलाई वर्षौँदेखि समाजले पन्छाउँदै आएको छ- अहिले पनि नेपाली समाजको सोच त्यहिं छ जहाँ महिलाको यौनिकता, शरीर, र स्वास्थ्य सुरक्षा सम्बन्धीको वास्तविकता छ ।
लुनिभाले आफूले भोगेका अनुभवहरूको प्रसङ्ग उठाउँदै एक महत्वपूर्ण सवाल उठाइन्, ‘हामी महिलाले हाम्रो यौनिक इच्छाबारे कुरा गर्न पाउँदैनौँ, तर पुरुषहरू भने सहजै चिया-गफमै खुलेर बोलिरहन्छन् ।’ यो कुनै एक व्यक्तिको गुनासो होइनः यो त पुरै संरचनागत समस्याको प्रतिनिधित्व हो जसले महिलालाई ‘सहन सिकाइएको’ समाजको दर्पण देखाउँछ।
महिलाहरुका बिषयमा बोलिरहने लुनिभाले यसअघिपनि विभिन्न घटनाहरुमा तर्क दिएकी छन् जस्तै अनलाइन प्लेटफर्मदेखि लिएर सार्वजनिक बससम्म, महिलाले भोग्ने दुर्व्यवहार र भेदभाव सामान्यीकृत छ। महिलाले रिपोर्ट गर्दा ‘किन कुरा बाहिर ल्यायौ ?’ भन्ने प्रश्न हुने तर पुरुषलाई त्यही प्रश्न अरू कसैले कहिल्यै सोध्दैन। उनले पत्रकारलाई सम्बोधन गर्दै राखेको प्रश्न-बसमा कसैले छाती वा संवेदनशील भाग चिमोटेको छ ? आफैँमा एक गम्भीर, महिलाहारुको पिडा पोखेको प्रश्न हो किनकि यस्तो अनुभव पुरुषका लागि दुर्लभ हुन सक्छ, तर महिलाका लागि लगभग दैनिक यथार्थ नै हो ।
सामाजिक सञ्जालमा चाहिँ अहिले उनको ‘बोल्ने शैली’ उपहासको विषय बनेको छ। तर प्रश्न उठ्छ- सत्य बोल्नेले गल्ती गर्यो कि सत्य लुकाउने दबाब सिर्जना गर्ने समाजले ?
वास्तवमा लुनिभाको अभिप्राय निकै स्पष्ट छ- खुला संवाद संस्कृतिको विकास गर्नु चाहे त्यो महिलालाई होस् या पुरुषलाई । यौन सम्बन्धी चेतना, सुरक्षा, शारीरिक चाहना- यी सबै ‘जीवविज्ञान’ र ‘मानव व्यवहार’ का सामान्य पक्ष हुन्। तर यिनलाई लाज, डर र प्रतिबन्धको खोलमा राखिदिँदा समस्या समाधान होइन, अझै गहिरो बनिरहन्छ।
उनले विदेश उदाहरण दिएर भनेको भाव- अभिभावकहरूले ‘सुरक्षा’ भनेर आवश्यक सामग्री सँगै पठाउने संस्कृति- यो अश्लीलता होइन, चेतनाको प्रश्न हो।
शरीरका बारेमा बोल्नु अश्लील हुँदैनः अश्लीलता त त्यो मौनता हो जसले पीडितलाई बोल्न नदिने वातावरण बनाउँछ।
आज भ्यूजका लागि उनका शब्द काटेर टिकटकमा फलोअर्स बढाउनेहरु नै आफुलाई संस्कारीको दर्जामा राखेर लुनिभालाई गाली गर्दै छन् । मूल मुद्दा महिलाले आफ्नो चाहना, आफ्नो सुरक्षा र आफ्नो अनुभव खुलेर भन्न पाउने अधिकार- त्यति नै आवश्यक छ जति उनलाई ट्रोल गरिरहेको भीडले स्वीकार गर्न चाहँदैन।
लुनिभा गलत बोलेको होइनन्ः उनीले सत्य बोलेकी हुन्।
अब सवाल चाहिँ समाजलाई हो-
सत्य सुन्न हामी किन यति असहज हुन्छौँ ?
महिलाले बोल्दा मात्रै किन आपत हुन्छ ?
कुरा उठाउनेलाई ट्रोल गर्ने कि साँच्चै स्वस्थ सुन्दर समाजको परिकल्पना र सृजना गर्ने ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






