काठमाडौं । दर्शकहरूले नेपालीपन, यथार्थ जीवनका कथा र समसामयिक संवेदनालाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको भन्दै चलचित्र ‘परान’ लाई निरन्तर माया र साथ दिइरहेका छन् ।
चौथो सातामा प्रवेश गर्दा पनि दर्शकको संख्या घटेको छैन, जसले ‘परान’लाई वर्षको सफल चलचित्रमध्ये एक बनाउँदै लगेको छ ।
यसरी दर्शकको राम्रै साथ र समर्थन पाइरहेका बेला ‘परान’ ले निम्बस ग्रुपको पनि ध्यान खिचेको छ । चिलचित्रको सदाबहार प्रदर्शनको मौकामा निम्बस ग्रुपले आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा चलचित्र हेरेको हो ।
शनिबार पुल्चोकस्थित लाबिम मलमा कर्मचारीसहित चलचित्र हेरेको निम्बस ग्रुपले जनाएको छ ।
चलचित्र हेरेपछि निम्बस ग्रुपका प्रबन्ध निर्देशक अनन्द बगरियाले ‘परान’ बोरे संक्षिप्त प्रतिकृया दिँदै भन्नुभयो, ‘परान सामाजिक परिवेशमा केन्द्रित रहेर बनेको उत्कृष्ट फिल्म लाग्योे, कलाकारको अभिनय र कथाले पनि हामी सबैको मन जित्यो, यस फिल्मले समाजलाई सकारात्मक सन्देश दिन सफल भयो भन्ने लागेको छ । साथै ‘परान’ हरेक कोणबाट ऐतिहासिक बन्न सकोस् ‘परान’ चलचित्र र सम्पूर्ण टिमलाई हार्दिक शुभकामना ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

ट्रेन्डिङ
खबरमुकाम







