आर्टुडियोले (Un)Seen नामक पप(अप प्रदर्शनीको उद्घाटनसँगै नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ गरेको छ। २१ नोभेम्बर, २०२५ मा सुरु भएको यस प्रदर्शनीमा अटिजम भएका २१ जना युवाहरूले सिर्जना गरेका कलाकृतिहरू प्रस्तुत गरिएका छन्। आर्टुडियोका संस्थापक कैलाश के। श्रेष्ठद्वारा क्युरेट गरिएको यो प्रदर्शनीले आर्टुडियोको समावेशिता र समुदायकेन्द्रित सृजनात्मक अभ्यासप्रतिको प्रतिबद्धता दर्शाएको छ।
आकार फाउन्डेशनको सहकार्यमा आर्टुडियो र अटिज्म केयर नेपाल सोसाइटीमा सञ्चालन गरिएका कार्यशालाहरूको परिणामस्वरूप (Un)Seen को जन्म भएको हो। यहाँ प्रस्तुत भएका कलाकृतिहरू भरोसा, खोज–अनुसन्धान, धैर्य र सहज प्रयोग–अनुभवबाट सिर्जना भएका हुन्। प्रत्येक कलाकृतिले सहभागी कलाकारहरूको व्यक्तिगत संसारको झल्को दिन्छ जहाँ उनीहरूले देखेका मौलिक अनुभूति र दृष्टिकोणहरू रेखा, स्पर्श, रंग, अमूर्त आकार, लय र दृश्य संरचनाहरू मार्फत प्रस्तुत भएका छन्।
(Un)Seen शीर्षकले कला, सिर्जना र भावनाहरू बुझ्ने क्षमतालाई इंगित गर्छ, जुन प्रायः परम्परागत कला वा सामाजिक संरचनाहरूभित्र छुटिरहेको हुन्छ। प्रदर्शनीले दर्शकहरूलाई सुस्तरी अवलोकन गर्न, संवेदनशीलतापूर्वक नियाल्न र भाषिक वा शैक्षिक सीमाभन्दा परका अभिव्यक्तिसँग भावनात्मक रूपले जोडिन आग्रह गर्दछ।
“(Un)Seen अटिजमसँग सम्बन्धित प्रदर्शनी होइन, यो त आफ्नै तरिकाले संसारलाई बुझ्ने र देखाउने कलाकारहरूको प्रदर्शनी हो,” क्युरेटर कैलाश के। श्रेष्ठ भन्छन्। “उनीहरूको अभ्यासले कलालाई पहिचानको माध्यम र सम्भावनाको क्षेत्रका रूपमा उजागर गर्छ जहाँ बाहिरी नियमहरूले कुनै बाधा गर्दैनन्।”
(Un)Seen को अघिल्लो संस्करण सहभागी कलाकारहरूका लागि एक महत्वपूर्ण उपलब्धि बनेको थियो जहाँ ९ वटा कलाकृति बिक्री भएका थिए। यो अटिजम भएका ती कलाकारहरूको पहिलो आम्दानी थियो। ९अन० सिनको यो संस्करणले सोही उपलब्धिलाई थप अगाडि बढाउँदै कलाकारहरूलाई अवसर, पहिचान र सृजनात्मक उन्नतिको अवसर दिन्छ।
आर्टुडियोको पाटन विंगलाई (Un)Seen बाट सुरु गर्नु आर्टुडियोको उदार, समावेशी सहकार्य र सामुदायिक सशक्तिकरणप्रतिको निरन्तर प्रतिबद्धताकै संकेत हो। यसले प्रायः नसुनिएका आवाजहरूबाट नयाँ मंचको सुरुवात गर्दै समकालीन कला र न्युरोडाइभर्स सृजनात्मकताबारे नेपालमा नयाँ बहसको थालनी गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता
- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि
- आजको मौसम, पानी पर्ने र तातो हावा बहने सम्भावना
- आज यस्तो छ बिदेशी मुद्राको नेपाली दररेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम



ट्रेन्डिङ
खबरमुकाम







