समकालीन समयको चुनौती र सार्वजनिक सुरक्षामा देखिएको बढ्दो जिम्मेवारीलाई मध्यनजर गर्दै, मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीवृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
एक कार्यक्रम बीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री समीर शेखर बर्जाचार्यले नेपाल प्रहरी वृत महराजगञ्जका कार्यालय प्रमुख श्री निरंजन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गर्नुभएको थियो ।
यो सहयोगले नेपाल प्रहरी मार्फत समाजमा शान्ती सुरक्षाको प्रत्याभुति दिलाउन, संवेदनशील स्थानहरुको निगरानी गरी समयमै सूचना संकलन गर्ने र देशमा शुसासन कायम राख्ने कार्यमा विशेष योगदान पुराउने अपेक्षा लिएको छ ।
सुरक्षित समाज निर्माण हाम्रो साझा दायित्व हो । बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै नेपाल प्रहरी अग्रपंक्तिमा रहेर नागरिक सुरक्षामा खटिने संस्थान भएकाले, यस सहयोगबाट कार्यसम्पादनलाई केही सहज बनाउन साहयोग पुग्ने बैंकले विश्वास लिएकोे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

ट्रेन्डिङ
खबरमुकाम







