नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ नजिकिँदै गर्दा विराटनगर किङ्सले दुई प्रमुख अन्तर्राष्ट्रिय खेलाडी, स्कटल्याण्डका आक्रामक ओपनर जर्ज मन्सी र अस्ट्रेलियाली ब्याटिङ स्टार साम हिजलेट, को नेपाल आगमनको घोषणा गर्दै उनीहरूलाई टोलीमा स्वागत गरेको छ । दुवै खेलाडी आज काठमाडौं अवतरण गर्दै औपचारिक रूपमा टोलीसँग जोडिएका छन् र आगामी सिजनका लागि प्रशिक्षण तथा तयारीमा जुटिरहेका छन् ।
स्कटल्याण्डका लागि टी–२० र एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शनका कारण चर्चित मन्सी उच्च स्ट्राइक रेट, आक्रामक ब्याटिङ शैली र अन्तर्राष्ट्रिय मञ्चमा देखाएको निरन्तरताका लागि प्रसिद्ध छन् । नेदरल्याण्डविरुद्धको उनका टी–२० शतक र विभिन्न आईसीसी क्वालिफायरमा दिएको योगदानले उनलाई विश्वस्तरको प्रभावशाली टप–अर्डर ब्याट्सम्यानको रूपमा स्थापित गरेका छन् । मन्सीको समावेशले विराटनगर किङ्सको ब्याटिङ लाइनअपमा बलियो शक्ति, तीव्रता र अनुभव थपिएको छ ।
त्यस्तै, अस्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास लिग (बीबीएल) मा ब्रिस्बेन हीट र होबार्ट हरिकेन्सका लागि खेलेर अनुभव आर्जन गरेका साम हिजलेट आकर्षक स्ट्रोकप्ले, बाँयाहाते सौन्दर्यपूर्ण टेक्निक र इनिङ्सलाई तीव्र गतिमा अघि बढाउने क्षमताका लागि परिचित छन् । उनको आगमनले विराटनगर किङ्सको मध्य तथा शीर्ष क्रम दुवैलाई स्थिरता र आक्रमकता प्रदान गर्ने विश्वास लिइएको छ ।
मन्सी र हिजलेट दुवैजना टोलीमा जोडिएसँगै मार्टिन गुप्टिल, फाफ डु प्लेसिसजस्ता अन्तर्राष्ट्रिय चर्चित खेलाडीहरू र राष्ट्रिय स्तरका प्रतिभाहरू मिलेर विराटनगर किङ्सले यस सिजनमा उपाधि जित्ने लक्ष्यलाई अझ मजबुत बनाएको छ। अनुभवी विदेशी खेलाडी र उदाउँदो नेपाली प्रतिभाको संयुक्त संयोजनले यस सिजनलाई विराटनगर किङ्सको अहिलेसम्मकै सबैभन्दा रोमाञ्चक अभियान बनाउने अपेक्षा गरिएको छ ।
बिराटनगर किंग्सको बारेमाः
बिराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो । यसको लक्ष्य स्थानीय प्रतिभा उजागर गर्नु, खेल भावनालाई प्रोत्साहन गर्नु र कम्युनिटी तथा फ्यानहरूसँग गहिरो सम्पर्क स्थापित गर्दै कोशी प्रदेशलाई गौरव दिलाउनु हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’को लोकार्पण
- कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत
- नेपाली उद्यमी समीर खनालद्धारा लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी सञ्चालन
- आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न
- सत्ताच्युत भएको दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना
- विराटनगरस्थित देवनरा ग्रुपमा प्रहरीको छापा, मुन्दडा समूहको घरमा खानतलासी
- पहिरो र ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध
- आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम






