नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले कोशी प्रदेशको केन्द्र विर्तामोडमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले ‘पर्फेक्ट’ बनेको इलेक्ट्रिक एसयुभी दिपल एस ०५ सार्वजनिक गरेको छ ।
बिहीबार आयोजना गरिएको विशेष कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख पवित्रा महत र, कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया,दिपल विर्तामोड आरए मोटर्सका अध्यक्ष राजेन्द्र थापा र प्रबन्ध निर्देशक अनुस्थान थापाल ेनयाँ दिपल एस ०५ लाई सार्वजनिक गरेका हुन् ।
नेपालमा सार्वजनिक भएको केही सातामै दुई सय युनिट भन्दा धेरै विक्री भइसकेको दिपल एस ०५ ले अब पूर्वी नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने छ ।दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’दिइएको छ जसको चार्जिंग साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफ स्पान छ ।
दिपल एस०५ मादुवै ‘फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड’ छन् । साथै, यसमा ‘क्विनको पाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट रवान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिन्छ ।
साथै यसमा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किंग’को सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ ।यसमासेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’दिनुका साथै अत्यावश्यक ड्राइभिंग सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ ।
१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस ०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ ।
विर्तामोडमा नयाँ सोरुम र टेस्ट ड्राइभ र एक्सचेन्ज
यसैबीच विहीबार विर्तामोडमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरिएको छ । अब यो क्षेत्रमा आरए मोटर्सले दिपलका अत्याधुनिक इभीको विक्री वितरण र विक्री पछिको सेवा उपलब्ध गराउनेछ ।यसै अवसरमा विभिन्न अफरहरु सहित यहाँ शनिबारबाट तीनदिने लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ ।
कार्यक्रममा दिपलका अत्याधुनिक इभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभीअवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ ।
यो एक्सचेन्जमाग्राहकले आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकनपाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउन हुनेछ ।
यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिने छ जसले आर्टिफिशियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाउन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने



ट्रेन्डिङ
खबरमुकाम






