क्रिकेट असोसिएसन अफ नेपालद्वारा आयोजित नेपाल प्रिमियर लिग २ को ट्रफी सानिमा रिलायन्स लाईफमा इन्स्योरेन्स लि.को प्रधान कार्यालय, नक्सालमा लगिएको छ ।
सानिमा रिलायन्स सहप्रायोजक रहेको उक्त कार्यक्रम यही मङ्सिर १ गतेबाट किर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदै छ।
कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले नेपालमा क्रिकेटको महत्व तथा खेलको लोकप्रियता दिन प्रति दिन बढ्दै गएको र नेपालमा क्रिकेटका उत्कृष्ट खेलाडीहरू रहेको र ती खेलाडीहरूलाई अन्तरराष्ट्रिय स्तरमा पहिचान गराउन र निजहरूको मनोवललाई उच्च राख्न र देशको छवि अन्तरास्ट्रिय जगतमा स्थापित गर्ने प्रयोजनको लागि क्यानले आयोजना गरेको एनपिएल एक उत्कृष्ट प्ल्याटफर्मको रुपमा रहेको बताउनु भयो ।

साथै एनपिएलको दोस्रो संस्करणमा पनि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि।सह प्रायोजकको रूपमा रहन पाउँदा हाम्रो कम्पनीले गर्व गर्ने वातावरण बनेको र एनपिएल को अपार सफलताको लागि कम्पनी र व्यक्तिगत तर्फबाट शुभकामना व्यक्त गर्नु भयो।
ट्रफीको शीर्ष स्थानमा साथ राखिएको सगरमाथाको कालापत्थरबाट निमा शेर्पा र मिङ्मा डेविड शेर्पा द्वारा सावधानीपूर्वक र जिम्मेवारीका साथ ल्याइएको यो पत्थरले ट्रफीलाई हिमालको मुटुसँग जोडने कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको साथ तथा सहयोगले सम्भव भएको हो ।
हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ, पूँजी ५ अर्बभन्दा बढी रहेको छ, २० अर्बभन्दा बढीको लगानी भइसकेको छ र करिब २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्। २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







