नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि.ले आफ्ना ग्राहकहरुको सुरक्षालाई सर्बोपरि प्राथमिकतामा राख्दै एक महत्त्वपूर्ण 'सेफ्टी रिकल' अभियानको घोषणा गरेको छ। यस अभियान अन्तर्गत, कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरुको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने भएको छ।
यो 'सेफ्टी रिकल' अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी अभियानको एक हिस्सा हो, जसको उद्देश्य पुराना गाडीहरुमा समयसँगै एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित प्राविधिक समस्यालाई हटाई ग्राहकहरुको यात्रालाई थप सुरक्षित बनाउनु हो। ग्राहकप्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै स्याकार ट्रेडिङ्गले नेपालमा पनि यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको हो।
यस अभियान अन्तर्गत ज्याज (Jazz), अकर्ड (Accord), सीआर-भी (CRV), सिभिक (Civic), सिटी (City) र स्ट्रिम (Stream) मोडेलका गाडीहरु समावेश गरिएका छन्। कम्पनीले यी गाडीहरुको एयरब्याग कुनै पनि शुल्क नलिई दक्ष प्राविधिकहरुद्वारा परिवर्तन गरिदिने व्यवस्था मिलाएको छ।
स्याकार ट्रेडिङ्गले उल्लेखित मोडेलका गाडीधनीहरूलाई आफ्नो गाडी यस अभियानमा समावेश छ वा छैन भनी यकिन गर्न र तुरुन्तै अपोइन्टमेन्टका लागि नजिकको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछ।
सम्पर्कका लागि आधिकारिक सर्भिस सेन्टरहरू:
काठमाडौं: ९८०११०८१११, ०१-५१५३५४२, ५१५३०४१
पोखरा: ९८४६९७७६२९, ९८५६०३३८२८
विराटनगर: ९८५२०२३२१२, ९८०७३०३२१२
बुटवल: ९८५७०३७८७७, ९८०२६२२२८०
वीरगन्ज: ९८०३१५६४३०
कम्पनीले आफ्ना ग्राहकहरुलाई सुरक्षित यात्राको सुनिश्चितताका लागि यस अभियानमा सहभागी हुन हार्दिक अपिल गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






