नेपाली चलचित्र ‘परान’ रिलिज भएको दुई साता नाघिसक्दा पनि दर्शकको उत्साह भने कायमै छ । यस्ता फिल्महरू बिरलै बन्ने गरेको भन्दै दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । अहिले पनि देशभरका हलहरूमा दर्शकको भिड सहजै देख्न सकिन्छ ।
सामाजिक सञ्जालमा दर्शकहरूले फिल्मको कथा, अभिनय र भावनात्मक प्रस्तुतीको प्रशंसा गरिरहेका छन् । यही माहोलका बीच ईसेवा परिवारले पनि ‘परान’ हेरेको छ । ईसेवाले आफ्ना कर्मचारी र उनीहरूको परिवारका लागि सोमबार साँझ पुल्चोकस्थित लबिम मलमा ‘परान’ को विशेष कर्पोरेट शो आयोजना गरी सामूहिक रूपमा चलचित्र हेर्ने अवसर जुराएको हो ।
‘परान’ नेपाली समाजको पारिवारिक परिवेशमा आधारित हृदयस्पर्शी कथा हो । यसमा जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको भावनात्मक यात्रा देखाइएको छ । चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह शीर्ष भूमिकामा रहेका छन् । नेपाली फिल्म उद्योगमा अभिनयका ‘भीष्मपितामह’ भनेर परिचित शाहले लामो समयपछि मुख्य भूमिकामा पुनरागमन गरेकाले चलचित्रमा विशेष चासो र आकर्षण बढेको हो ।
यस्तै पारिवारिक र सन्देशमूलक फिल्महरूले समाजलाई सही मार्गमा डोर्याउने भन्दै ईसेवा परिवारले ‘परान’ चलचित्रको खुलेर प्रशंसा गरेको छ । सम्पूर्ण टिम नै एकसाथ फिल्म हेर्दा कर्मचारीबीच आपसी सम्बन्ध, आत्मीयता र सकारात्मक ऊर्जाको अनुभूति भएको ईसेवाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
- कांग्रेस फुट्ने पक्का, देउवा पक्षले बनायो राष्ट्रिय भेला आयोजक समिति
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

ट्रेन्डिङ
खबरमुकाम







