कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले फाल्गुनन्द जयन्तिको शुभकामना सन्देश दिनुभएको छ ।
‘किरात धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङ्देन जन्मनुभएको पावन दिनको सम्झनामा मनाइने फाल्गुनन्द जयन्तीको शुभअवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात धर्मावलम्बीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ प्रदेश प्रमुख परशुराम खापुङले भन्नुभएको छ ।
सन्देशमा भनिएको छ, ‘राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कार्तिक २५ गते उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिकको रूपमा लिइन्छ । विशेषगरी फाल्गुनन्द लिङ्देनले लिम्बू समाजमा हुने विकृति, विसंगतिको विरुद्धमा आवाज उठाउनुभयो, प्रवचन दिनुभयो । समाज सुधारका निम्ति वृहत् भेला गरी ुसत्यधर्म मुचुल्काु तयार गर्नुभएको थियो । जसलाई आज लाखौं अनुयायीहरू मार्गदर्शनको रूपमा लिंदै आएका छन् ।’
उहाँले भन्नुभएको छ, ‘किरात धर्म, संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनुहुने फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सहिष्णुता र सद्भाव कायमका साथै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिंदै किरात धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङ्देन जन्मनुभएको पावन दिनको सम्झनामा मनाइने फाल्गुनन्द जयन्तीको शुभअवसरमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






