विराटनगर किङ्सले नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि न्युजिल्याण्डका विश्वप्रसिद्ध क्रिकेटर मार्टिन गुप्टिललाई दोस्रो सिजनका लागि निरन्तरता दिएको छ।
गुप्टिल आधुनिक क्रिकेटका सबैभन्दा परिचित नामहरूमध्ये एक हो, जो इनिंगको शिर्षमा आफ्नो विष्फोटक ब्याटिंग र सीमित ढाँचामा प्रभुत्व जमाउने क्षमताको लागि परिचित छन्। गुप्टिलको लामो र सफल करियरमा उनी आईसीसी विश्वकप र टी(२० विश्वकप सहित प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा न्युजिल्याण्डका लागि एक प्रमुख खेलाडी भएका छन्। २०१५ को विश्वकपमा अविजित २३७ रनको उनको किर्तिमान तोड्ने दोहोरो शतक आधुनिक एकदिवसीय क्रिकेटको सबैभन्दा अविष्मरणीय क्षणहरू मध्ये एक हो।
विभिन्न फर्म्याटहरूमा हजारौं अन्तर्राष्ट्रिय रन बनाएका गुप्टिलले सीप मात्र नभई शान्त स्वभाव र नेतृत्व पनि मैदानमा ल्याउँछन्। इन्डियन प्रिमियर लिग र क्यारेबियन प्रिमियर लगायत विश्वभरका फ़्रेन्चाइज लिगहरूमा उनको अनुभवले उनलाई एनपीएल तथा विराटनगर किङ्सलाई अवश्य मद्धत पुग्नेछ।
विराटनगर किङ्सका लागि गुप्टिलको आगमनले ब्याटिंग लाइनअपलाई बलियो तथा पावरप्लेको समयमा टोलीलाई आक्रमकता दिनेछ। सिजनभरि इनिंग्स एंकर गर्ने र खेल समाप्त गर्ने उनको क्षमता महत्त्वपूर्ण हुनेछ। फ्यानहरूले उनको ट्रेडमार्क छक्का, रचनात्मक साझेदारी र म्याच विनिंग प्रदर्शनले नेपालको सबैभन्दा ठूलो क्रिकेट मंचलाई फेरि एकपटक उज्यालो बनाएको हेर्न उत्सुक छन्।
बिराटनगर किंग्सको बारेमा
बिराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज टिम हो। टोलीको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नु, खेलभावना प्रवर्द्धन गर्नु र फ्यान तथा समुदायसँग गहिरो सम्बन्ध स्थापना गर्दै कोशी प्रदेशको गौरव बढाउनु हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






